• १४ असार २०८१, शुक्रबार

‘दश महिना धान्न सक्ने विदेशी विनिमय सञ्चिती जरुरी छ’

blog

काठमाडौं, साउन १ गते। त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पसले “मौद्रिक नीतिः वर्तमान स्थिति र चुनौती” विषयक खुला छलफलको आयोजना गरेको छ।

क्याम्पस प्रमुख डा.गोलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले चालू खाता र शोधनान्तर घाटा बढ्दै गए राष्ट्रको ढुकुटी रित्तिने बताउनुभयो। उहाँले दश महिना आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती भए मात्र देशको आर्थिक अवस्था मजबुत हुने उल्लेख गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका महाप्रबन्धक गोकर्ण अवस्थीले अहिलेको कमजोर आर्थिक अवस्थाले गर्दा साना तथा मझौला उद्योग सञ्चालन गर्न खोज्ने उद्यमीलाई अत्यन्तै कठिन अवस्था रहेको बताउनुभयो। ‘‘पूँजी निर्माणमा निजी क्षेत्रको योगदान करिब ७५ प्रतिशत रहे पनि बैंकमा रकम दिनसक्ने अवस्था छैन। चोरी पैठारीका सामान भित्रिन थालेको छ’’, उहाँले भन्नुभयो।

सानिमा बैंकका पूर्वकार्यकारी अधिकृत भुवन दाहालले विश्व अर्थतन्त्रमा वैदेशिक मुद्रा शोधनान्तर स्थिति ३ महिना धान्न सक्ने व्यवहारमा भएपनि नेपालमा ६ महिना थेग्न सक्ने हुनु सकारात्मक भएको टिप्पणी गर्नुभयो।