काठमाडौं, साउन १ गते । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई–टिकटको सुरुवात गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि ई–टिकटको सुरुवात गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ई–टिकटको प्रणालीको शुभारम्भ गर्नुभयो । अब अनलाइन टिकटको पनि चाँडै सुरुवात गर्ने परिसर प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । ग्रिन टेक कन्सर्न प्रालिले यस प्रविधिको व्यवस्थापन गरेको छ ।
‘पोडी पोखरीमा कार्यरत सुरत खत्र्रीका अनुसार विगतमा छपाईं टिकटमा काम गर्दा धरै असहज र झन्झट हुन्थ्यो । यो प्रविधिमा काम गर्दा धेरै सहज भएको छ । अनलाइन टिकट सुरु भएपछि काउन्टरमा भिड पनि कम हुन्छ । काम गर्न सहज हुनेछ ।