टोपलाल अर्याल
रेसुंगा(गुल्मी), माघ २६ गते । गुल्मीको राष्ट्रिय राजमार्ग रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक १९ दिन बन्द हुने भएको छ । सडक डिभिजन, पाल्पाको कार्यक्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक स्तरोन्नती गर्न अत्यन्त संवेदनशिल र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।
माघ २६ गतेदेखि फागुन १५ गतेसम्म कटिङ्ग कार्य गर्नुपर्ने भएकोले सडक डिभिजन, पाल्पाको पत्र अनुसार सडक बन्द गर्न थालिएको गैरैलले बताउनुभयो ।
यो सडकखण्डवाट चल्ने सवारी साधनहरु अन्य वैकल्पिक सडकको प्रयोग गरी आवागमन सञ्चालनको योजना रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । बिहान ६ देखि ९, १० देखि २ र ३ देखि ७ बजेसम्म सवारी आवागमन बन्द रहनेछ ।