• १३ साउन २०८१, आइतबार

श्रमिकका समस्यालाई सूक्ष्म तरिकाले बुझ्नु आवश्यक छ : मन्त्री कुँवर

blog

काठमाडौं, असार ३१ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक रहेको बताउनु भएको छ। 

शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुपै समस्या भएकाले उनीहरुका समस्यालाई सूक्ष्म तरिकाले बुझ्न आवश्यक भएको बताउनुभयो। 

श्रम सबैसँग सम्बन्धित विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र ती समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड् दिनुभएको थियो। 

मन्त्री कुँवरले यसवर्षको वार्षिक कार्यक्रममा श्रम प्रतिष्ठान र श्रम आयोगको कुरा उठेकाले यो विषयलाई पनि छलफलमा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ। अन्य आयोग जस्तै श्रम आयोगको पनि आवश्कता औल्याउदै उहाँले यो विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो।

साथै उहाँले श्रमिकको हक अधिकार सुनिश्चिततका लागि बनाएका ऐन, नियम र कानुनलाई पनि समय अनुकुल परिमार्जन गर्दै लानु पर्नेमा उहाँले जोड् दिनु भयो। 

त्यस्तै उहाँले वैदेशिक रोजगारमा थुपै समस्या भएकाले स्वदेशमै रोजगारी प्रवद्र्धन गर्ने विषयमा पटक पटक सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनु भएको छ। 

अहिले अनौपचारिक क्षेत्रमा थुपै कामदार रहेकाले उनीहरुका समस्यालाई समाधान गरी रोजगारी प्रवद्र्धनमा सहयोग पुग्ने गरी काम गर्ने बताउनुभयो।

केन्द्रीय श्रम सल्लाहकार परिषद्ले नेपाल सरकारलाई श्रम सम्बन्धीका विषयमा परामर्श तथा श्रम क्षेत्रका विविध विषयमा निर्णय गर्ने काम गर्दै आइरहेको परिषद्का सदस्य सचिव एंव श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सचिव दीपक काल्लेले जानकारी दिनुभएको छ। 

श्रम मन्त्री अध्यक्ष, विभिन्न मन्त्रालयका ६ जना सचिव, रोजगारदाता ५ जना, ट्रेड युनियनबाट ५ र अन्य सरोकारवाला निकायगरी २१ जना सदस्य रहने व्यवस्था रहेको छ।