• १० माघ २०८२, शनिबार

मनोरम कर्णाली (कविता)

blog

हुम्ला जुम्ला मुगु डोल्पा, तल कालीकोट ।

सुर्खेत दैलेख रुकुम सल्यान, भित्र जाजरकोट ।।


मुगु हुम्ला दुई करनाली, तिला बुढी सेती ।

सानी भेरी ठुली भेरी, माया लाग्दो यती ।।


काँव्रmेबिहार देउती बज्यै, कुबिन्डे स्यार्पु ताल् ।

पचाल झर्ना खार्पुनाथ, अति छ माया झाल् ।। 


छायानाथ रिणी मोक्ष, मष्टोज्यू देउतालाई ।

कैलाशको मार्ग बनाउ, कर्णाली एउटालाई ।।


चौरजहारी भोटान् यारी, दुल्लुमाथि सिँजा ।

खस भाषाको नाली बेली, संसारमा फिजा ।।


स्याउ आरु ओखर सिमी, ओक्तो छ वन्भरी ।

पैकला कर्णाली वासी, साहस छ मन्भरी ।।


भाषा संस्कार नेपालको, मूल थलो हो जुम्ला ।

मानसरोवर कैलाश हुँदै, तल झन्र्या हुम्ला ।।


गिडी दह ठाकुर ज्यू, सुन बुकी पाटन ।

गुठीचौर देउडा गाउँला, मायाजाल साटन् ।।


यार्चागुम्बा पाटन्भरी, घुच्ची च्याउ वन्भरी ।

छिन्चु हुँदै जाजरकोट, सम्झना मन् भरी ।।


पञ्चकोशी चन्दननाथ, फोक्सुन्डो रारालाई ।

कर्णालीमा स्वागत गरौँ, अतिथि सारालाई ।।