• १० माघ २०८२, शनिबार

गजल

blog

खुसी हुँदै हृदयको पाना सजाउँदै छु

भरेर शब्दमाला आभा चढाउँदै छु 


टिपेर फूल शिरमा आफैँ लगाउँदै छु

घरी घरी उनीसँग आँखा जुधाउँदै छु


थियो असाध्य इच्छा ऊसँग साथ रहने 

गरेन प्रेम उसले यो मन बुझाउँदै छु


हुँदा अभाव घरमा आएँ विदेश आफैँ

पुगेर आज खाडी बेल्चा चलाउँदै छु


लिएर लक्ष्य ठुलो यात्रा छ जिन्दगीको

व्यथा खपी लगनको साइत जुराउँदै छु