• ९ माघ २०८२, शुक्रबार

जन्मदिनको अवसरमा आर्थिक सहयोग

blog

काठमाडौँ, माघ ९ गते ।  गीतकार डा. रमिल अधिकारीले अशक्त प्रेमराज अधिकारीको परिवारलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। 

आफ्नो जन्मदिनको अवसरमा अधिकारीले फरक क्षमता भएका दृष्टिविहीन प्रेमराजलाई उक्त रकम सहयोग गर्नुभएको हो। 

प्रेमराज आफैँमा एक अदृश्य रोग, रेटिनाइटिस पिग्मेन्टोसाबाट पीडित छन्। त्यस्तै उहाँका दुई छोराहरू १९ वर्षका आरम्भ र १४ वर्षका अध्याय ड्युचेन मस्कुलर डिस्ट्रोफी ‘डिएमडी’रोगबाट ग्रसित हुनुहुन्छ।

अस्पतालको शय्यामा नै आफ्नो जीवन व्यतित गर्न बाध्य हुनुहुन्छ । अधिकारीले आफ्ना छोरा छोरी र परिवारका सदस्यको जन्मदिनमा आर्थिक सहयोग गर्दै आउनुभएको हो ।