• २७ पुस २०८१, शनिबार

महालेखाको प्रतिवेदन : बेरुजु चार खर्ब ८३ अर्ब पुग्यो (प्रतिवेदनसहित)

blog

काठमाडौं, असार २९ गते । महालेखा परीक्षक कार्यालयले कुल बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोडभन्दा बढी देखाएको छ ।

कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा गत वर्षमात्रै एक खर्ब २७ अर्ब रुपियाँ बेरुजु थपिएको छ ।

प्रतिवेदनमा ‘‘सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको बेरुजु चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रहेको छ ।’’ अद्यावधिक बेरुज गत वर्षभन्दा १५.४६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७७–०७८ को प्रतिवेदन बुझाउनुभएको हो ।

महालेखा परीक्षण प्रतिवेद :