• ८ असार २०८१, शनिबार

पूर्वमुख्यमन्त्री चाम्लिङलाई अभिनन्दन

blog

तस्बिर : सागर बस्नेत भारतीय नेपालीभाषी वरिष्ठ साहित्यकार एवं विश्व कीर्तिमानी मुख्यमन्त्री पवन चाम्लिङ ‘किरण’ को सम्मानमा आयोजित कार्यक्रम ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट २०७८ भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ सम्मानित हुनुभएकोमा विभिन्न संस्थाले उहाँलाई बधाई तथा अभिनन्दन गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना भएको कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङलाई बधाई तथा अभिनन्दन गरिएको हो । मुख्यमन्त्री चाम्लिङले गमलामा पानी हालेर कार्यक्रमको उ्घाटन गर्न‘भएको थियो । 

चाम्लिङको प्रमुख आतिथ्यमा बानेश्वर सर्जक समाज, नेपाल महिला सङ्घ, नेपाली वाङ्मय प्रतिष्ठान, एकादशी साधना परिवार, बुलु विद्या फाउन्डेसन नेपाल, तन्त्र साधना तथा ज्ञान योग केन्द्र र नेपाल सांस्कृतिक सङ्घले उहाँलाई बधाई तथा अभिनन्दन गरेको हो । कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङलाई विभिन्न स्रष्टाले सम्मान स्वरूप आफ्ना पुस्तकहरू पनि प्रदान गर्न‘भएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वभारतीय मुख्यमन्त्री चाम्लिङले सबै मिलेर काम ग-यो भने धेरै कुरा सम्भव हुने र यसको उदाहरण आफू नै भएको बताउनुभयो । उहाँले थप्नुभयो, “सबै मिलेर काम गर्ने हो भने आफ्नो गाउँठाउँ र देशलाई आफूले चाहे जस्तो बनाउन सकिन्छ ।” कस्तो नेपाल बनाउने भन्ने कुरा तपाईंहरूकै  हातमा छ । त्यसैले पनि सबै नेपाली एक भएर काम गर्नु जरुरी छ ।

कार्यक्रममा उहाँले सिक्किममा कसरी आदिकवि भानुभक्त आचार्य सालिक निर्माण भयो भन्ने कथा पनि सुनाउनुभएको थियो । महेश प्रसाईं उद्घोषक रहनुभएको कार्यक्रममा प्रा. डा. केदार न्यौपाने, डा. घमानसिंह खड्का, तुल्सी भट्टराई, तीर्थबहादुर थापा, नवीन सुब्बालगायतका वरिष्ठ व्यक्तिìवहरूको उपस्थिति थियो ।