• २२ असार २०८१, शनिबार

प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

blog

स्वदेश फर्किनुभएका प्रधान सेनापति प्रभुराम शर्मालाई स्वागत गरिँदै । तस्बिर सौजन्य : जङ्गी अड्‍डा

काठमाडौं, असार २० गते । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा युएन मिसनहरुको भावी योजना बारे जाकारी हासिल गर्ने उद्देश्यका साथ सरकारको स्वीकृतिमा लेबनान भ्रणम पूरा गरी प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरु साेमबार स्वदेश फर्किनुभएको छ ।

असार ४ गते भ्रमणमा निस्कनुभएका शर्माले संयुक्त राज्य अमेरिकाको पनि औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको हो । प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की,  रक्षासचिव किरणराज शर्मालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै युएन मिसनको गुणात्मक र व्यवस्थापकीय पक्षहरु सबल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।