• २५ असार २०८१, मङ्गलबार

भारतमा मुविक्क्षा र रोजनलाई दोहोरो पदक

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २० गते । आसाम तेक्वान्दो सङ्घ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा मुविक्क्षा गजुरेल र रोजन प्रजापतिले दोहोरो पदक जित्नुभएको छ । 

जैसिदेवल तेक्वान्दो डोजाङ्बाट नेपालको प्रतिनिधित्व गर्नुभएका मुविक्क्षा गजुरेलले सबजुनियर क्याटागोरीमा ग्योरोगी तर्फ स्वर्ण र पुम्सेतर्फ कांस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीमा ग्योरोगी तर्फ रजत र पुम्से तर्फ कांस्य पदक जित्नु भएको हो । 

प्रतियोगितामा जैशिदेवल तेक्वान्दो डोजाङबाट सहभागी आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक तथा सन्देश राई, राहुल लिम्बू र समर लामाले कांस्य पदक गरी नेपालले कुल १३ पदक जितेको छ । 

यस प्रतियोगितमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले जुरीको भूमिका निर्वाह गर्नुभएको थियो । टोलीको प्रशिक्षकमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति, अफिसयलमा भरत कारञ्जित हुनुहुन्थ्यो । जैसिदेवल युथ क्लबले न्यूनतम शुल्कमा तेक्वान्दो तालिम, निम्नर्गीय खेलाडीहरुलाई निःशुल्क तालिम, निःशुल्क तेक्वान्दो पोसाक वितरण तथा शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।