• १३ साउन २०८१, आइतबार

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

blog

तम्घास, असार १८ गते । गुल्मीमा सहोदर बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । 

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित  किटेनी गोठमा असार १४ गते  दिउँसो  ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

Author

तिलाचन पाण्डे