• १३ असोज २०८१, आइतबार

‘हाम्रो पनि मन हुन्छ’ भिडियो सार्वजनिक

blog

काठमाडौं, असार १७ गते । दृष्टिबिहीनले भोग्नु परेका सुख दुःखलाई समेटेर बनेको ‘हाम्रो पनि मन हुन्छ’ बोलको भिडियो सार्वजनिक भएको छ । 

गीतकार डीपी दाहालद्वारा रचित गीतमा गायक दीपक लिम्बु र गायिका पूजा देवकोटाको स्वर समेटिएको छ । गीतमा पुरुषोतम न्यौपानेको संगीत छ भने केशब बडुको एरेन्ज गर्नुभएको हो। 

गीतको भिडियोलाई स्मृती तिमिल्सेनाले निर्देशन गर्नुभएको छ  । भिडियोमा कमल सिंह र आयुष्मा कार्कीको अभियन देख्न सकिन्छ ।