• १३ साउन २०८१, आइतबार

खोलामा डुबेको बालकको शव फेला

blog

सांकेतिक फाइल तस्विर

अविनाश चौधरी

धनगढी, असार १७ गते । खोलामा बेपत्ता हुनुभएका कैलालीको धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विकको शव आज फेला परेको छ । कैलारी गाउँपालिका –६ स्थित धर्मापुर मामाघर गएकोबेला गौकन्द्री खोलामा साथीसँग पौडी खेल्ने क्रममा विक वेपत्ता हुनुभएको थियो ।

असार १५ गते खोलामा बेपत्ता हुनुभएका उहाँको तीन दिनपछि सोही खोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनास्थलबाट ८०० मिटर टाढा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । मृतक बालकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।