• २२ असोज २०८२, बुधबार

‘खुसी’ सार्वजनिक

blog

काठमाडौँ, असोज २२ गते । गीतकार नारायण खतिवडाको शब्द रचना, शिलाबहादुर मोक्तानको सङ्गीत तथा कुन्ती मोक्तानको स्वर रहेको भजन गीत ‘खुसी’ सार्वजनिक भएको छ ।

गीतमा खुसी हुनका लागि मानिसले आत्मचिन्तन गर्नुपर्ने भाव रहेको छ । यसको सजिलो बाटो भगवान्प्रतिको चिन्तनले सम्भव हुने बताइएको छ । भगवान्प्रति विश्वास नगर्नेहरू भने आत्मचिन्तनबाटै आन्तरिक खुसी हुन सकिने भावसमेत समेटिएको छ ।

भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय छ । गीतको भिडियोको कोरियोग्राफी सन्तोष मगर र ईश्वर राईले गर्नुभएको हो भने दृश्य सम्पादन सनम तामाङको रहेको छ । खतिवडा आफैँले यसको निर्देशन गर्नुभएको छ । सो गीत नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको हो ।