काठमाडौँ, असोज २१ गते । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भदौ २४ गतेको आन्दोलनमा महानगर दायित्त्वबाट पछाडि नहटेको प्रष्ट पार्नुभएको छ ।
महानगरमाथि उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत् मङ्गलबार एकमुष्ट जवाफ दिनुहुँदै प्रमुख साहले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन ।’ उहाँले आन्दोलनका दिन महानगरका दमकल कहाँ व्यवस्थापन भएका थिए भनेर पूर्ण विवरण प्रस्तुत गर्नुभएको छ ।