• २१ असोज २०८२, मङ्गलबार

मुख्यमन्त्री निवासमा आगजनी गर्ने युवा पक्राउ

blog

पोखराको सहिदचोकमा रहेको मुख्यमन्त्री कार्यालय र निवासमा १२ गते आगजनी गर्ने सञ्जोक थापा ।

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २१ गते । पोखराको सहिदचोकमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–७, राष्ट्र बैँक चोक बस्दैआएका २२ वर्षीय सञ्जोक थापालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

भदौ २४ गते आगजनी हुँदा बाँकी रहेका कागजपत्र जलाउन थापाले असोज १२ गते राति फेरि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

प्रहरीले थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बस्नेतले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा थापाले पोखरा–७ स्थित नेपाल राष्ट्र बैँकको कम्पाउन्ड बाहिर रहेको एनआइएमबी बैँकको एटिएम मेसिनसमेत तोडफोड गरेको खुलेको छ ।