• १२ वैशाख २०८१, बुधबार

प्रधान सेनापति शर्माद्वारा राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण

blog

काठमाडौं, असार १५ गते । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले वाशिङ्टनस्थित राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण गर्नुभएको छ ।

असार १३ गतेबाट अमेरिकाको औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधान सेनापति शर्मासहित भ्रमणदलका सदस्यहरुले बुधबार राष्ट्रिय रक्षा विश्वविद्यालयको भ्रमण गर्नुभएको हो ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले नेश्नल वार कलजे (एनडब्ल्यूसी)का कमाण्डाण्ट ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गर्नुभएको थियो । लगत्तै शर्माले (एनडब्ल्यूसी) ड्विट डी, राष्ट्रिय सुरक्षा र संसाधन रणनीतिको लागि आइन्सहोवर स्कूल र रणनीतिक अध्ययनको लागि पूर्वी दक्षिण एसिया केन्द्रका पदाधिकारीहरुबाट शैक्षिक गतिविधि र तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिनुभएको थियो ।