• १५ चैत २०८०, बिहिबार

जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा

blog

काडमाडौं, असार १६ गते । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रा चरणमा पुग्नुभएको छ । लन्डनमा बुधबार राति भएको खेलमा साविक विजेता जोकोभिचले अस्ट्रेलियाका थानासी कोकिनकिसलाई ३-० को सोझो सेटमा हराउनुभयो ।

जोकोभिचले थानासीमाथि ६-१,६-४,६-२ को सहज जित निकाल्नुभएको थियो । ६ पटकका विम्बल्डन विजेता जोकोभिच लगातार चौथो पटक उपाधि जित्ने अभियानमा हुनुहुन्छ । यता घरेलु स्टार एन्डी मुरे दोस्रो चरणबाटै बाहिरिनुभएको छ । मुरे अमेरिकी खेलाडी जोन इस्नरसँग ६-४,७-६,६-७,६-४ को सेटमा पराजित हुनुभयो ।

तीन पटकका ग्रान्ड स्लाम विजेता मुरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । नर्वेका विश्व नम्बर छैटौं खेलाडी कास्पर रुड पनि दोस्रो चरणबाटै बाहिरिनुभएको छ । कास्पर फ्रान्सका युगो हुम्बर्टसँग ३-६,६-२,७-५,६-४ को सेटमा पराजित हुनुभयो । एजेन्सी