• १६ असोज २०८२, बिहिबार

मलेसियाले नेपाललाई दियो १०५ रनको चुनौती

blog

नेपाल र मलेसियाका कप्तान । तस्बिरः क्यान

काठमाडौँ, असोज १६ गते । मलेसियाले अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५रनको लक्ष्य दिएको छ  ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको हो । 

मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन्भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाउनुभयो । 

नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिनुभयो ।

नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने   टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।  सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।