निराजन परियार
चौमाला (कैलाली),असोज ११ गते । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताउनुभयो ।
निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करीब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएका छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।