• ११ असोज २०८२, शनिबार

आगलागीबाट तीन लाखभन्दा बढीको क्षति

blog

आगलागी । फाइल तस्बिर

विनय कर्ण
कल्याणपुर (सप्तरी) असोज ११ गते ।
सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार राति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

नगरपालिका– १३ बिसहरियास्थित जयकिशोर देवको गोठघरमा भएको आगलागीबाट तीन लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गोठमा बालिएको घुरबाट आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको एकतले गोठसहित दुईवटा गाई र एक बाछाको समेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब् उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।