• २६ मङ्सिर २०८२, शुक्रबार

अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड तालिम

blog

अपि हिमाल फाइल तस्बिर

काठमाडौँ, असोज ९ गते । सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न भएको छ । गत साता सम्पन्न तालिममा १४ जना प्रशिक्षार्थी रहनुभएको तालिमका प्रमुख प्रशिक्षक सञ्जिव गुरुङले बताउनुभयो । 

सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल क्षेत्रमा रहेको ६ हजार ३९६ मिटर अग्लो ल्या ह्युल हिमाल (भभया चुचुरो) मा प्रोफेसनल माउन्टेन गाइड तालिम सञ्चालनका क्रममा प्रशिक्षक सञ्जीव गुरुङ, ङवाङ तेन्जिङ शेर्पा सामान्य घाइते भएका थिए । नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई प्रशिक्षित बनाउन समय समयमा तालिम प्रशिक्षण दिँदैआएको छ ।