शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मंसिर २५ गते । विवाहका लागि घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती –५ घर भइ हाल कावासोती –३ थारु टोलमा बस्दै आउनुभएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालोमा मृत फेला पर्नुभएको हो ।
अत्यधिक जाडोका कारण कठ्यांग्रिएर उहाँको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । उहाँको शरीरमा चोटपटक नदेखिएको र शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।