• ८ असोज २०८२, बुधबार

सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ पुग्यो

blog

काठमाडौं, असोज ८ गते । आज नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपियाँ तोकिएको छ।

गत मङ्गलबार प्रतितोला २ लाख २१ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपियाँले बढेको हो। 

यसैगरी, तेजाबी सुन प्रतितोला २ लाख २२ हजार ३०० रुपियाँ कायम गरिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढिरहेको विश्लेषकहरूले बताएका छन्।