• ७ असोज २०८२, मङ्गलबार

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सुचारु

blog

फाइल तस्बिर

मलेखु (धादिङ), असोज ७ गते । अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो । रोकिएका सवारीहरू आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकाले जामको समस्या पनि छ । रासस