• ७ असोज २०८२, मङ्गलबार

इन्डो-प्यासिफिक स्थिरताका लागि कोरिया-जापानसँगको त्रिपक्षीय साझेदारी ‘महत्वपूर्ण’ : अमेरिका

blog

न्युयोर्क, असोज ७ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले न्युयोर्कमा एसियाली समकक्षीसँगको वार्तामा इन्डो-प्यासिफिकमा शान्ति र स्थिरताका लागि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्बन्ध ‘महत्वपूर्ण’ रहेको बताउनुभएको छ ।

रुबियोले दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानी विदेशमन्त्री ताकेसी इवायासँग संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको त्रिपक्षीय बैठकपछि सामाजिक सञ्जालमा सो टिप्पणी गर्नु भएको हो । उहाँले भन्नुभयो, “हाम्रो त्रिपक्षीय साझेदारी इन्डो-प्यासिफिकमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न र आर्थिक तथा सुरक्षा सहयोग अगाडि बढाउन महत्वपूर्ण छ ।”

उक्त वार्ता वासिङ्टन, सियोल र टोकियोले उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र कार्यक्रमबिच सहकार्य गहिरो बनाउन जारी राखिरहेका बेला सम्पन्न भएको हो । रासस/क्युएनए