• ६ असोज २०८२, सोमबार

सिमकोटमा तीन हप्तापछि नेपाल एयरलाइन्सद्वारा उडान सुचारु

blog

सिमकोट विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सको जहाज । तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, असोज ६ गते ।
नेपाल एयरलाइन्सले हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान भरेको छ । यसअघि मौसमका कारण लामो समय उडान भर्न नसकेको नेपाल एयरलाइन्सले सोमबार बिहानै उडान सुचारु भएको नेपाल एयरलाइन्स हुम्लाका प्रमुख छिरिङ लामाले बताउनुभयो ।

यसअघि खराब मौसम कै कारण उडान भर्न नसकेको बताउदै उहाँले अब उडान नियमित हुने बताउनुभयो । बिहान नेपालगञ्जबाट १३ जना यात्रु सिमकोट आएका छन् भने सिमकोटबाट सुर्खेत पनि उडान भरेका छन् ।

सुर्खेतबाट पुनः सिमकोट विमानस्थलमा जहाजले उडान भरेपछि नेपालगन्ज जाने छ । अब मौसमले साथ दिए दसैँमा यात्रुहरुलाई समस्या नहुने उहाँले बताउनुभयो ।

नेपाल एयरलाइन्सले सिमकोट विमानस्थलका लाागि हप्तामा तीन उडान भर्ने कार्यतालिका रहेको छ । नीजि एयरलाइन्सका जहाजहरु पर्यटकीय सिजन सुरु भएको भन्दै काठमाडौँ फर्कन सुरु भए पनि नेपााल एयरलाइन्सले उडान सुरु गरेको हो ।