कविराज घिमिरे
हिले, असोज ६ गते । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर सिस्नु सङ्कलन गर्नुहुन्छ । उहाँ दैनिक १५ देखि २० किलोसम्म सिस्नो सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको सिस्नु सोही सामुदायिक वनले सञ्चालन गरेको सिस्नो प्रशोधन केन्द्रमा बिव्रmी गर्नुहुन्छ । उहाँले सङ्कलन गरेको सिस्नुबापत प्रतिकिलो ८० रुपियाँ पाउनुहुन्छ । फुर्सदको समयमा टिपेको सिस्नोले राम्रो आम्दानी गराइरहेको उहाँ बताउनुहुन्छ ।
बस्नेत जस्तै धेरै स्थानीय अहिले सो सामुदायिक वनमा पुगेर सिस्नु सङ्कलन गरी आम्दानी गर्दै आएका छन् । पहाडी क्षेत्रका गाउँघर तथा वन जङ्गलमा पाइने सिस्नुमा पोल्ने गुण हुँदा घाँसपात तथा खेतीपाती गर्दा धेरैका लागि सिस्नु टाउको दुखाइ बन्ने गरेको छ । चैते सामुदायिक वनका उपभोक्ता तथा सो आसपासका बासिन्दा भने पछिल्लो समय त्यही सिस्नु संरक्षण तथा खेती गरी राम्रो आम्दानी गरी रहेका छन् । उनीहरूका लागि सिस्नु पहिले पहिले टाउको दुखाइ भए पनि अहिले भने आम्दानीको एक पाटो बनेको छ ।
चैते सामुदायिक वनले सिस्नु प्रशोधन गरी धुलो र तीनपाते मुनालाई सुक्खा गरी उत्पादन सुरु गरेपछि सो क्षेत्रका स्थानीयले सिस्नुबाट आम्दानी गर्न थालेका हुन् । ३६५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको करिब १० प्रतिशत क्षेत्र सिस्नोले ढाकेको छ । गत आवमा सामुदायिक वनको करिब एक हेक्टर क्षेत्रमा व्यावसायिक सिस्नु खेती सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । योसँगै सामुदायिक वन आसपासका स्थानीयले समेत सिस्नु खेती सुरु गरेको खड्का बताउनुहुन्छ ।
अहिले दैनिक लोकल, पात्ले र अल्लो जातका सिस्नु गरी ४०÷५० किलो सङ्कलन हुने गरेको छ । जसबाट दैनिक करिब पाँचदेखि छ किलोसम्म धुलो उत्पादन हुन्छ । “अहिले हामी गुणस्तर मापन गरी ‘लेबलिङ र प्याकिङ’ गर्ने तयारीमा छौँ यो पछि दैनिक चार सय किलोसम्म खपत गर्न सक्ने अवस्थामा हुन्छाँै,” अध्यक्ष खड्का भन्नुहुन्छ ।
सामुदायिक वनले अहिले सिस्नुको धुलो र तीनपाते मुना उत्पादन गर्दै आएको छ । सिस्नुको धुलो प्रतिकिलो दुई हजार रुपियाँ र तीनपाते मुना दुई हजार पाँच सय रुपियाँ प्रतिकिलोमा बिव्रmी हुँदै आएको छ । सो सामुदायिक वनलाई डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यव्रmम अन्तर्गत आव २०८१÷८२ मा १० लाख रुपियाँ पर्ने सिस्नु सुक्खा गर्ने धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराएको छ ।
माग उच्च भएपछि व्यावसायिक खेती
पहिले पहिले सिस्नु गाउँघरमा कमै खाने चलन थियो । गाउँघरमा दुःख पाएकाले मात्र सिस्नु खान्छन् भन्ने चलन थियो, सहर बजारमा यो खाने चलन नै थिएन । पछिल्लो समय गाउँघरमा भन्दा पनि सहरबजार र ठुलाठुला होटेलका ग्राहक यसको प्रयोगकर्ताका रूपमा रहेका छन् । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ । होटेलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको स्थानीय होटेल व्यवसायी हेमराज बानियाँ बताउनुहुन्छ प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ‘ए’, ‘सी’, ‘के’, फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । अहिले उत्पादन भएको धुलो वसन्तपुरका होटेल मात्र नभई जिल्ला बाहिरका ठुला ठुला होटेलमा पुग्ने गरेको छ । विदेशबाट समेत माग हुने गरेको छ तर भर्खरै उत्पादनको सुरुवात भएको र लेबलिङको काम प्रव्रिmयामा रहेकाले बाहिर नपठाएको सामुदायिक वनको सदस्य रेणुका खड्का बताउनुहुन्छ । “लेबलिङको काम सके पनि हामी उत्पादन बढाउँछौँ उत्पादन जति गरे पनि समस्या छैन माग धेरै नै उच्च छ,” खड्का भन्नुहुन्छ । अहिले सामुदायिक वनमा भएको सिस्नोले पछि नधान्ने भएकाले सामुदायिक वनको खाली जग्गा र निजी जग्गामा समेत सिस्नु खेती गर्न प्रोत्साहन गरिएको छ ।