• १३ वैशाख २०८१, बिहिबार

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

blog

उपाधिसहित अपन राधेमाई टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १४ गते । अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा अपन राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हरायो । 

पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन बनाएको थियो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन बनाउनुभयो । बलिङमा नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले दुई दुई विकेट लिनुभयो । 

८३ रनको विजयी लक्ष्य पछ्याएको नेक्सस ११.४ ओभरमा सवै विकेटको क्षतिमा ४३ रनमा समेटिएको थियो । नेक्ससका सन्दिप विष्टले ३० रन बनाउनुभयो । बलिङमा राधेमाईका अनिश साह कानु एक्लैले पाँच विकेट लिनुभयो । उहाँ ‘म्यान अफ दि म्याच’ हुनुभयो । 

उपाधिसंगै राधेमाईले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता नेक्ससले ७५ हजार रुपियाँ पायो । राधेमाईका अनिश उत्कृष्ट बलर पनि घोषित हुनुभयो । नेक्ससका उत्तम थापामगर उत्कृष्ट व्याट्सम्यान, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) का कमल शाही उदीयमान खेलाडी चुनिनुभयो । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा मोफसलका पाँच सहित १२ टोलीले भाग लिएका थिए ।