• ५ असोज २०८२, आइतबार

जेनजी प्रदर्शनमा निधन भएकाको सम्झनामा दीप प्रज्वलन

blog

जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गर्दै नेपाली कांग्रेस बागलुङका नेता कार्यकर्ताहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ५ गते ।
जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथीको अवसरमा शनिबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता थियो ।

नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरण गर्दै संविधानको रक्षा र तोकिएमो समयमा निर्वाचन सम्पन्न गर्न कांग्रेसले अगुवाई गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आन्दोलनका क्रममा युवाहरूले अघि सारेका माग र मुद्दाहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।