राधा लुइटेल
फिदिम, असोज ४ गते । सन्तोष श्रेष्ठ अध्यक्ष रहेको कार्यसमति चयन गर्दै नेपाल तेक्वान्दो सङ्घ जिल्ला समिति पाँचथरको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
फिदिममा शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा आशिष तावा र दिपेश गुप्ता सचिवमा अनिश राई सचिव र कोषाध्यक्षमा शुष्मा राना मगर कोषाध्यक्ष रहनुभएको छ ।
यसैगरी चक्र शङ्कर, किरण वान्तावा, गणेश घिमिरे, प्रवेश राई, सूर्य आङदेम्बे, कविता राई, निशान सावाँ, सौगात खान र रोमन न्यौपाने निर्वाचित हुनुभएको सङ्घले जनाएको छ ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको आशनबाट उद्घाटन गर्नु भएको अधिवेशनमा केन्द्रीय प्रतिनिधि, कोशी प्रदेश प्रतिनिधि, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, विभिन्न खेल सङ्घका पदाधिकारी, डोजाङ प्रमुख, प्रशिक्षक तथा खेलाडीको उल्लेख्य उपस्थिति थियो ।
अधिवेशन उद्घाटन सत्रको अध्यक्षता यामकुमार निवर्तमान अध्यक्ष यामकुमार श्रेष्ठले गर्नुभएको थियो ।