• ४ असोज २०८२, शनिबार

साफ महिला क्लब च्याम्पियनसिपमा पाँच टोली

blog

काठमाडौँ, असोज ४ गते ।  साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने भएको छ । 

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा पाँच देशका पाँच क्लबको सहभागिता रहने छ । 

च्याम्पियनसिपमा बङ्गलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी, नेपालको एपिएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा खेलिने रङ्गशालाको भने टुङ्गो लागेको छैन ।