• ३० भदौ २०८२, सोमबार

घोराहीका वडा कार्यालयलाई सेवा सुचारू गर्न निर्देशन

blog

घोराही उपमहानगरपालिकाको कार्यालय ।

सन्तोष दहित
दाङ, भदौ ३० गते ।
घोराही उप–महानगरपालिकाकाले सबै वडा कार्यालयलाई स्थगित सेवा पुनः सुचारु गर्न निर्देशन दिइएको छ । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भदौ २४ गतेदेखि अवरुद्ध सेवा भदौ २९ गतेदेखि उपलब्ध स्रोत साधनअनुसार नियमितरुपमा सञ्चालन गर्न वडा अध्यक्ष तथा वडा सचिवलाई निर्देशन दिनुभएको हो ।

मुलुकको विषम परिस्थितिका कारण रोकिएको सेवा प्रवाह फेरि सुरु गर्न प्रशासनले आग्रह गरेको हो । यससँगै घोराहीका १ देखि १९ वटै वडा कार्यालयले तोकिएको मितिदेखि नागरिकलाई आवश्यक सेवा दिन लागि जुटिरहेको घोराही ७ का वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो ।

जेनजीको आन्दोलनमा प्रदर्शनकारीहरुले घोराही उपमहानगरपालिका कार्यालाय लगातय घोराही १, २, ३, ४, ६, १०, ११, १७ लगायत अधिकांस वडा कार्यालयमा तोडफोडसहित आगजनी गरिएको थियो । यद्यपि, पालिकाले सेवा प्रवाह उपलब्ध स्रोत साधनलाई दृष्टिगत गरी आइतबारदेखि नै यथासम्भव सुचारू गर्न प्रमुख प्रशासकीय अधिकृत केसीले वडा अध्यक्ष र सचिवहरुलाई अनुरोध गर्नुभएको हो ।