• १३ साउन २०८१, आइतबार

शिक्षा प्रणालीभित्रको विभेद अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजवादका लागि शिक्षा प्रणालीभित्रको विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ । उत्पादक शक्तिको विकासका लागि समान र सही शिक्षादीक्षाको व्यवस्थालाई केन्द्रीय प्रश्न बनाइनुपर्ने उहाँको भनाइ छ ।  

सोमबार राजधानीमा आयोजित नेपालमा समाजवादको चुनौती र सम्भावना विषयक कार्यक्रममा राजनीतिक परिवर्तनले आर्थिक, सामाजिक पक्षलाई सुदृढ गर्न नसक्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । “उत्पादन शक्तिको विकासका लागि शिक्षा महत्वपूर्ण छ । स्वस्थ्य र सबल नागरिक राष्ट्र निर्माणको आधार हुन् ” महासचिव पोखरेलले भन्नुभयो । शिक्षापछि आधारभूत स्वास्थ्यको सुनिश्चितता समाजवादको आधार भएको उहाँको भनाई छ । 

श्रममार्फत हुने उत्पादन मात्रै होइन, यन्त्र र उपकरणको प्रयोगको सामथ्र्र्य वृद्धि गर्न सक्नुपर्ने उहाँले चर्चा गर्नुभयो । “पूँजी निर्माणको सामथ्र्य निर्माण गर्ने, पराधीन अर्थतन्त्रको जगमा समाजवाद निर्माण हुन सक्दैन । आमजनतामा बचत गर्ने सामथ्र्य र संस्कृति विकास गर्दै राष्ट्रिय अर्थतन्त्र विकास गरिनुपर्छ” उहाँले भन्नुभयो ।

पछिल्लो समय देशका कम्युनिष्ट आन्दोलनभित्र गलत प्रस्ताव आइरहेको भन्दै सर्वहारालाई सबै श्रमजीवि बनाउने नभई भोलिका दिनमा उद्यमी वर्गका रुपमा बदल्ने विकल्प दिन सक्नुपर्ने उहाँको भनाइ छ ।