• २५ भदौ २०८२, बुधबार

अछाम कारागार तनावग्रस्त

blog

शिवराज ढुंगाना 

अछाम, भदौ २५ गते । कैद मुक्तको माग गर्दै अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ । कारागारमा रहेका कैदीबन्दीले बिहानैबाट दिउँसोसम्म आफूलाई जेल बाहिर जान दिनपर्ने भन्दै कारागारभित्र माग राखेर आगजनीको प्रयास गरेकोले तनावग्रस्त भएको बताइएको छ । 

कारागारमा तनाव भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारैतिर कडा सुरक्षा व्यवस्था मिलाएका छन् । "अहिले शान्त छ, केही छैन",  कारागार अछामका जेलर इन्द्र चौधरीले जानकारी दिनुभयो ।

जेन्जीको नाममा अछाममा मंगलबार नेपाली काँग्रेस, नेकपा (एमाले) र मंगलसेन नगरपालिकामा तोडफोड गरिएको छ  । एमाले पार्टी कार्यालयमा तोडफोडपछि आगजनी गर्ने क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । आन्दोलनकर्ताले बजारभर नाराबाजी गरेर बीच बजारमा टायर समेत बालेका थिए । 

बुधबार आन्दोलनमा हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार बिहानसम्मका लागि जिल्लामा निशाध्याज्ञा जारी गरिएको छ । सरमुकाम सहितका अन्य स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।