• २४ भदौ २०८२, मङ्गलबार

रक्तदानमा सहभागी हुन आग्रह

blog

काठमाडौं, भदौ २४ गते । काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएकाहरूका लागि रगतको अभाव भएको जानकारी आएपछि लायन्स क्लब अफ कोर सिटी तथा विभिन्न संघ संस्थाले क्षेत्रपाटीमा आपतकालीन रगतदान आयोजना गरेका छन् । 

घाइतेहरूका लागि छिटोभन्दा रगत उपलब्धता भई उपचारमा सहज होस् भनी रक्तदान आयोजना गरेको क्षेत्रपाटी क्लबका गोपाल मालीले बताउनु भयो । उहाँ आज दिनभर रक्तदान हुने बताउनु हुँदै अन्य इच्छुकहरुलाई रक्तदानका लागि आग्रह गर्नुभएको छ ।