• २४ भदौ २०८२, मङ्गलबार

बागलुङमा जेनजीको शान्तिपूर्ण र्‍याली प्रदर्शन

blog

बागलुङ बजारमा जेनजी समूहले निकालेको शान्तिपूर्ण र्‍याली प्रदर्शन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ २४ गते । सुशासनको माग र सामाजिक सञ्जाल बन्दविरुद्ध  बागलुङमा पनि जेनजी समूहले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् ।

नेताका छोराछोरीको अवस्था र नागरिकको अवस्थामा आकास–जमिनको परक परेको भन्दै त्यसका कारण खोजी गर्नुपर्ने समेत उनीहरुको माग गरेका थिए । बागलुङ बजारमा युवाहरुले र्‍याली निकाली बजार परिक्रमा गरेका थिए । उनीहरुले भ्रष्टाचार विरोधी नारा लगाएका थिए भने राजनीतिक नेतृत्वप्रति पनि आरोप लगाएका थिए ।

प्रदर्शनलाई स्थानीय युवाहरुले नेतृत्व गरेका थिए । क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरु कलेजको पोशाकमै निस्केका थिए । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरीले प्रर्याप्त सुरक्षाकर्मी खटाएको थियो । विरोध र्‍यालीपछि युवाहरुले कोणसभा पनि गरेका थिए । यो आन्दोलनलाई सुशासन कायम गराउने पहलको रुपमा हेरिएको भन्दै युवाहरुले राज्यले युवाको माग सम्बोधन गर्नुपर्ने बताएका थिए ।