काठमाडौँ, भदौ २४ गते । नेपाल र बङ्गलादेशबिच मङ्गलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल जेन–जी आन्दोलनका कारण स्थगित भएसँर्गै बङ्गलादेश फुटबल टोली आजै स्वदेश फर्कने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबारनै सुरक्षाका कारण खेल स्थगित गरेको थियो । बङ्गलदेश टोली साँझ ४:०० बजे स्वदेश फर्कने तय भएको छ ।
यसअघि दशरथ रङ्गशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।