• २४ भदौ २०८२, मङ्गलबार

अल्कारेजलाई युएस ओपन टेनिस उपाधि

blog

उपाधिसहित कार्लोस अल्कारेज । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, भदौ २३ गते । साविक विजेता कार्लोस अल्कारेजले युएस ओपन टेनिसको उपाधि जित्नुभएको छ ।

स्पेनिस स्टार अल्कारेजले फाइनलमा विश्व नम्बर एक साविक विजेता इटालियन खेलाडी यानिक सिनरलाई ३–१ को सेटमा हराउनुभयो । अल्कारेजले दोस्रो पटक युएस ओपन उपाधि चुम्नुभएको हो ।

यसअघि उहाँले सन् २०२२ मा उपाधि जित्नुभएको थियो । वर्षको अन्तिम अन्तिम ग्रान्डस्लाम जित्ने क्रममा अल्कारेजले यानिकमाथि ६–२, ३–६, ६–१, ६–४ को जित निकाल्नुभयो । एजेन्सी