• २२ भदौ २०८२, आइतबार

आयात रोक्न प्याजमा अनुदान

blog

दमौली बजारमा बिक्रीका लागि राखिएको प्याज । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २२ गते ।
देशमा कृषि उत्पादन बढाएर आयातमा निर्भरता घटाउने सरकारी नीति अनुरूप तनहुँमा व्यावसायिक प्याज खेती प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । भारत, चीन बङ्गलादेश लगायत अन्य मुलुकबाट वार्षिक ठुलो परिमाणमा प्याज आयात भइरहेको अवस्थामा, स्थानीय उत्पादन बढाउन यो कार्यक्रम ल्याइएको हो ।

कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाद्वारा सञ्चालन गरिएको छ । तरकारीजोन अन्तर्गत तनहुँमा प्याज खेतीमा संलग्न कृषकहरूलाई बिउमा ५० प्रतिशत अनुदान प्रदान गरिने व्यवस्था गरिएको एकाइले जनाएको छ । देशमा प्याजको माग वर्षेनी बढिरहेको छ, तर पर्याप्त उत्पादन नभएकाले ठुलो मात्रामा आयात गर्नुपरेको छ ।

रनिर्भरता हटाउन सहयोग पुर्‍याउन तनहुँमा कार्यक्रम सुरु गरिएको हो । तनहुँको भू–परिवेश, माटो र मौसम प्याज खेतीका लागि अनुकूल भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँ बताउनुहुन्छ । चालु आर्थिक वर्षका लागि सात लाख २० हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । यसबाट जिल्लाका विभिन्न स्थानीय तहमा छनोट गरिएका कृषक समूह तथा सहकारीहरूलाई बिउ र प्राविधिक सहयोग प्रदान गरिनेछ ।

प्याज नेपाली भान्साको अत्यावश्यक सामग्री हो । दैनिक रूपमा प्रयोग हुने खाद्यवस्तु भएकाले यसको माग वर्षैभरि रहन्छ । यद्यपि नेपालमा उत्पादित प्याजले माग धान्न नसक्दा ठुलो मात्रामा आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ । मूल्य अस्थिरता, मौसमी असर र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली उपभोक्ताले सास्ती भोग्दै आएका छन् । यस्तो अवस्थामा स्थानीय उत्पादनलाई बढावा दिन थालेको यस प्रयासलाई दीर्घकालीन समाधानको आधार मानिएको ढुङ्गाना बताउनुहुन्छ ।

कार्यक्रमको मुख्य उद्देश्य केवल प्याज उत्पादन वृद्धि मात्र नभई दीर्घकालीन रूपमा आत्मनिर्भरता हासिल गर्नु हो । स्थानीय स्तरमा उत्पादन बढेपछि आयातमा निर्भरता घट्नेछ र किसानहरूको आम्दानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।