विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २२ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ भंगाहास्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।
शनिबार साँझ खोलाको पूर्वपट्टि रहेको काशघारी नजिक अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले मृतकको पहिचान अझै खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।