पोखरा समाचारदाता
पोखरा, भदौ २२ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी प्रदान गरी सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल दृष्टिविहीन कल्याण सङ्घको पोखरामा शनिबार भएको ३८ औँ केन्द्रीय वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्ति समतामूलक समाजको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “समाजमा अपाङ्गता भएका व्यक्तिप्रति अझै पनि सम्मानजनक व्यवहार गरेको पाइँदैन । मुलुकमा व्याप्त रुढीवादी सोच, अन्धविश्वास र भेदभावका कारण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले मानव अधिकारको उपभोग गर्न पाइरहेका छैनन् ।” हरेक ठाउँमा अपाङ्गतामैत्री संरचना र सेवा अपरिहार्य रहेको उहाँको भनाइ थियो ।