• २१ भदौ २०८२, शनिबार

आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, भदौ २१ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६६ पैसा र बिक्रीदर १६५ रुपियाँ ३६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ९२ पैसा र बिक्रीदर १९० रुपियाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ४० पैसा र बिक्रीदर १७६ रुपियाँ १४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २२ पैसा र बिक्रीदर ९२ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ १६ पैसा र बिक्रीदर १०२ रुपियाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ५२ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३६ पैसा र बिक्रीदर ३३ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०६ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०६ पैसा र विक्रीदर ३६७ रुपियाँ ६२ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस