• २१ भदौ २०८२, शनिबार

चट्याङ लागेर एक जनाको मृत्यु

blog

अनिल पराजुली
हेटौँडा, भदौ २१ गते ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ सानो आकाशधारा घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्धबहादुर प्रजाको शुक्रबार राति करिब १०ः३० बजे चट्याङ लागेर मृत्यु भएको हो ।  

हेटौँडा–१५, कमेरो पानीस्थित धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसल अगाडि पसल आउने क्रममा अचानक परेको चट्याङ लागि प्रजाको घटनास्थलमा नै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

घटनास्थल सुरक्षित राखी मुचुल्का लगायत थप अनुसन्धान कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।