• १६ भदौ २०८२, सोमबार

खोलाले बगाएर एक जनाको मृत्यु

blog

फाइल तस्बिर

गुणबहादुर रोका 

सुलीकोट, भदौ १५ गते । गोरखामा भेडा बचाउन खोलामा हामफाल्दा खोलाले बगाएर गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का ६० वर्षीय अर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार बेलुका ४ बजे जङ्गलबाट भेडा चराएर घरतर्फ ल्याउने क्रममा स्थानीय किस्वाराँ खोलाको फड्के तर्दा भेडा खसेर बगाएको र सोही भेडा बचाउन खोलामा हाम्फाल्दा घलेलाई खोलाले बगाएर मृत्यु भएको उहाँले बताउनुभयो । 

भेडासँगै खोलामा बगेका घलेलाई स्थानीय, बारपाक चौकीका प्रहरी र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका साँझ ७ बजे फट्केभन्दा ४० फिट तल खोचमा घलेको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

खोलामा हाम फाल्दा मृत्यु भएका घलेको शब पोष्टमार्टको लागि प्रदेश अस्पताल गोरखामा आइतबार लगिएकाले उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।