• १३ साउन २०८१, आइतबार

यी हुन् आज धेरै पानी पर्नसक्ने क्षेत्र

blog

काठमाडौं, असार १२ गते । मनसुन भित्रिएसँगै एकसाता देखि निरन्तर परेको पानी रोकिन सकेको छैन । आइतबार पनि बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

आज दिनभर पहाडी भूभागका धेरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले जारी गरेको सूचनानुसार गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

यता कास्कीको लुम्लेमा अतिभारी वर्षा भएसँगै उच्चसतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आज राती प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविदले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।