गुणबहादुर रोका
सुलीकोट, भदौ १२ गते । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिबृज पुल निर्माणले यात्रा गर्न सहज भएको छ । उत्तरी गोरखाको धार्चे चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका र धादिङको सल्यानटार पुग्ने मुख्य सडक बाटो भएकाले उत्तरी गोरखाबासीहरुलाई पुल निर्माणले यात्रा गर्न सहज भएको हो ।
पुल निर्माण भएसँगै उत्तरी गोरखा र गोरखा सदरमुकामको व्यापापर व्यवसायमा सहज हुनुका साथै हिउँद र बर्खामा समेत सवारीसाधनहरु सहजै आवतजावत हुने भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ । उत्तरी गोरखाको जडीबुटी तथा भेडा च्याङग्रा सहजै गोरखा बजारसम्म बिक्री वितरण गर्न पाउने भएकाले उत्तरी गोरखाबासीको आर्यआर्जनमा समेत टेबा पुग्ने विश्वास लिइएको छ ।
बेलिबृज पुल निर्माण सम्पन्न भएसँगै ऐतिहासिक मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकहरु उक्त सडक बाटो भएर आबतजाबत गर्ने भएकाले सहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिकाका स्थानीय व्यापारीहरुको व्यापार व्यवसायमा वृद्धि हुने भिमसेन थापा गाउँपालिकाले जनाएको छ ।
मोटरबेल पुल निर्माणको लागि २०८१ साल पुस ९ गते श्री जलप नेपाल प्रालिले सडक योजना कार्यालय गोरखासँग कुल ४ करोड ६० लाखको लागतमा डेढ बर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
निर्माण कम्पनीले दक्ष कामदारहरु व्यवस्थापन गरी निरन्तर रुपमा निर्माण कार्य अघि बढाइएकाले ८ महिना मै २० मिटर लम्बाईको पुल निर्माण सम्पन्न भएको सडक योजना कार्यालय गोरखाका सुचना अधिकारी आशिष रिजालले बताउनुभयो ।
डेढ वर्षमा सम्पन्न गर्नु पर्ने बेलिबृज झण्डै ८ महिनामै पुल निर्माण भएपछि उत्तरी गोरखा र धादिङ जिल्लाका स्थानियहरुलाई आबतजाबत संगै दैनिक उपभोग्य सामान ढुवानीमा समेत सहज भएको छ ।
उक्त पुल निर्माणले हिउँद बर्खामा यात्रामा अबरोध नहुने भन्दै स्थानीय खुशी भएका छन् । स्थानिय ब्यापारीहरु महङगो भाडा तिरेर घुमाउरो बाटोबाट सामान ढुवानी गर्नु पर्ने बाध्यतलाई बेलिबृज पुल निर्माणले सहज बनाइदिएको छ ।
मोटरबेल पुल नबन्दा सम्म बर्खा लागैसंगै सबारी आबगमनमा ठप्पै जस्तै हुने गरेकोमा अहिले पुल निर्माण भएपछि हिउद बर्खा चौबिसे घण्टा सबारी साधानहरुलाई आवतजावतमा सहज हुने भएको भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकाकारीले बताउनुभयो ।