• १२ भदौ २०८२, बिहिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

blog

काठमाडौँ,  भदौ १२ गते ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।    निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ । रासस