• ११ भदौ २०८२, बुधबार

बैतडीमा जिप दुर्घटना, १२ जना घाइते

blog

बैतडी सदरमुकाम नजिकै दुर्घटनामा परेको जिप । तस्बिर : गोरखापत्र

गोकर्ण दयाल

बैतडी, भदौ ११ गते । जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधाम  जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

बुधबार २:१५ बजे गोठालापानीबाट पाटन नगरपालिका–८, खोड्पेका लागि छुटेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको छ ।

जिप सडकबाट करिब तीस मिटर तल  दुर्घटनामा परि घाइते भएकाको उद्धार गरि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो । 

उहाँले घाइतेहरुको नामवली सङ्कलको काम भईरहेको बताउनुभयो । जिप चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर विस्तृत अनुसुन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।